विप्लवले शुक्रबार आमसभामार्फत के घोषणा गर्लान् ?

443
  •  
  •  
  •  

काठमाडौ, १० पुस (ओएनएस) : नेत्रबिक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार राजधानीमा आमसभा गरेर आफ्ना धारणा र बटम लाइन सार्वजनिक गर्ने भएको छ ।

मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलगपछि पहिलो पटक आमसभा गर्न लागेका विप्लवले माओ दिवस अवसर पारेर आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन् । सरकारले आफ्ना माग सम्बोधन नगरे सशस्त्र युद्ध गर्न बाध्य हुने धम्की दिदै आएको मओवादीले संविधानसभा विघटन गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभाको गठन माग गर्दै आएको छ ।

माओवादीका प्रवक्ता खड्गबाहदुर विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा संविधान निर्माण र शान्ति प्रक्रिया तथा जनयुद्ध एवं जनआन्दोलनको स्पिरिटलाई निष्कर्षमा पु¥याउने खाकासहित विप्लवले शुक्रबार सम्बोधन गर्ने बताइएको छ ।

जनताको संविधान, जनयुद्ध एवं जनआन्दोलनका उपलब्धी र शान्ति प्रक्रिया भाडिएर देश डरलाग्दो खाडलमा जाकिन थालेको भन्दै माओवादीले त्यसलाई रोक्न जनतमा जान लागेको बताएको छ । शुक्रबार काठमाडौंको खुलामञ्चमा हुने कार्यक्रममा विप्लव, धर्मेन्द्र बास्तोल र विश्वकर्मा लागयतका नेताहरुले सम्बोधन गर्नेछन् ।

त्यसअघि कालीमाटी–त्रिपुरेश्वर–खुलामञ्च, पुल्चोक–माइतीघर, बबरमहल–माइतीघर मण्डला, लैनचौर–जमल–खुल्लामञ्च, डिल्लीबजार–पुतलीसडक–खुलामञ्च लगायताका स्थानमा जनप्रदर्शन गरिने माओवादीले जनाएको छ ।


  •  
  •  
  •