विप्लवले सोमबार पार्टीका नाम र धारणा सार्वजनिक गर्ने

307
  •  
  •  
  •  

biplavकाठमाडौं, १४ मंसिर (ओएनएस)  : मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीसँग सम्बन्धबिच्छेद गर्दै नयाँ पार्टी ‘नेकपा माओवादी’ गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ ले सोमबार पत्रकार सम्मेलन गरि आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् ।

पार्टीका नेता खड्गबहादुर विश्वकर्माका अनुसार चितवनमा भएको केन्द्रीय समितिको महत्वपूर्ण निर्णयहरु सोमबार सार्वजनिक गरिनेछ ।

यसैबीच भरतपुरमा भएको अगुवा कार्यकर्ता भेटघाटमा विप्लवले नयाँ क्रान्तिको लागि होमिएको उद्घोष गरेका छन् । उनले नयाँ क्रानितमा सहभागि हुन पनि कार्यकर्ताहरलाई आग्रह गरे ।

कस्तो क्रान्ति गर्ने भन्ने अहिलेसम्म सार्वजनिक नगरेका विप्लवले यसअघिका भएका क्रान्तिको नाममा अवसरवादीहरु आवी भएको र नेपाली जनाताले कुनै परिवर्तनको आभाव गर्न नपाएको नयाँ क्रान्ति गर्नुपरेको पनि विप्लवले बताए ।


  •  
  •  
  •