बिस्तारित बैठकमा सहभागि हुँदैनौ : विप्लव

564
  •  
  •  
  •  

Biplavकाठमाडौं, ३ मंसिर (ओएनएस) : नेकपा–माओवादीका नेता नेत्रबिक्रम चन्द विप्लवले पार्टीले बोलाएको बिस्तारित बैठकमा सहभागि नहुने बताएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै विप्लवले पार्टीले आफुहरुलाई स्पष्टीकरण दिन बोलाएको विस्तारित बैठकमा सहभागि नहुने बताएका हुन् ।

विप्लवले गत साता कपिलबस्तुमा छुट्टै बैठक गरेपछि पार्टीले स्पष्टीकरण लिने निर्णय गरेको थियो भने मंसिर ६ मा बिस्तारित बैठकमा बोलाएका थियो । विप्लवले पार्टीको केन्द्रिय समितिले भने अनुरुप स्पष्टीकरण नदिने भन्दै पार्टीको उक्त निर्णय सच्याउन माग गरे ।

‘हामीले सल्लाह गरौ भन्दा–भन्दै पार्टीले गरेको उक्त निर्ण मान्दैनौ । ’ विप्लपले भने ‘ एकलौटी निर्णय गर्ने केन्द्रिय समितिले नै आत्मालोचना गर्दैै उक्त निर्णय सच्याउनु पर्छ ।’

उनले पार्टीले छलफल गर्नको सट्टो आफुहरुलाई स्पष्टीकरण लिन खोज्ने निर्णय मोहन बैद्य र रामबहादुर थापाको एकलौटी भएको बताए । कपीलबस्तुमा गरिएको सम्मेलन बिचार मिल्लेहरुसँग सल्लाह गर्न राखिएको भेला भएको बिप्लव बताए । उनले उक्त भेलाले पार्टीको राष्ट्रिय महाधिवेशन गर्न माग गर्ने निर्णय गरेको बताए ।

उनले पार्टीलाई एकताबद्ध बनाएको लागि विशेष महाधिवेश गर्नु पर्ने माग गरे । पत्रकार सम्मेलनमा विप्लवले संबिधानसभा विघटन गर्दै शक्तिशालि राजनीतिक सभा गर्न पनि माग गरे । त्यस नभएको कडा संघर्ष गर्ने पनि विप्लवले चेतावनी दिए । काँग्रेस –एमालले शान्ति सम्झौताको मर्मलाई उल्टाएर देशलाई पुरानै ब्यवस्थामा फर्कउन खोजेको विप्लवको आरोप थियो ।

 


  •  
  •  
  •