देशका दलालबिरुद्ध आन्दोलन केन्द्रित : विप्लव

600
  •  
  •  
  •  

Biplavमहोत्तरी , १६ माघ (ओएनएस) : नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द ‘विपल्व’ले देशका दलालहरुबिरुद्ध आन्दोलन केन्द्रित गरिएको बताएका छन् ।

महोत्तरीको किसाननगरमा उनले दशबर्षे जनयुद्धले गणतन्त्र ल्याएको जिकिर गर्दै देशका दलालहरुबिरुद्ध आन्दोलन केन्द्रित गर्ने दाबी गरे ।

बिदेशको इशारामा माओबादीलाई माइन्स गरेर राज्यसत्ता कब्जा गरी काँग्रेस र एमालेले संविधान बनाउन खोजेको आरोप लगाउँदै बिप्लबले न्यायपूर्ण सहमति नभएसम्म क्रान्ति जारी रहने घोषणा गरे । वैद्य नेतृत्वको नेकपा (माओवादी) बाट छुट्टिएकार नयाँ पार्टी घोषणा गरेका विप्लवले दलालबिरुद्ध जनकारवाहि गर्ने चेतावनी दिदै आएका छन् ।

नेकपा(माओवादी)का चितवन जिल्ला सदस्य किरण पोखरेलका वुवा टिकादत्त पोखरेलको श्रद्धान्जली सभामा सहभागी भएका उनले आफुहरु भुमिगत नभएको बताए ।


  •  
  •  
  •