प्रतिरोध संघर्ष अगाडी बढाउने चन्द भेलाको निस्कर्ष

148
  •  
  •  
  •  

चन्द्रकान्त खनाल /रुपन्देही २९ कार्तिक (ओएनएस ) :
कपिलवस्तुमा दुइ दिन सम्म चलेको नेकपा –माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लव पक्षीय माओवादीको भेलाले राष्टिय स्वाधिनताको पक्षमा विभिन्न शक्तिहरुलाई एकतावद्ध गर्दै प्रतिरोध संघर्षमा जाने निष्कर्ष निकालेको छ । भेलापछि आज बुटवलमा निर्णय सावजनिक गर्दै विप्लवले देशभक्त, प्िरगतिशील तथा वामपन्थी शक्तिहरुलाई एकतावद्ध गर्दै प्रतिरोध संघर्ष अगाडी बढाउने निष्कर्ष निकालेको बताए । देशभरका ६८ जिल्लाका साढे तीन सय जनाको सहभागिता रहेको भेलाले राष्ट्रिय पुजिपति वर्गको समेत सहभागितामा क्रान्ति गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

अन्तरक्रियात्मक कार्यक्रम भनिएको भेलामा ६८ जिल्लाकै प्रतिनिधिले कुरा राखेका थिए । चन्दको दस्तावेजका बारेमा भेलामा छलफल गरिएको थियो । भेलामा सहभागि अधिकांशले तत्काल क्रान्तिमा जानुपर्नेमा नै जोड दिएको भेलामा सहभागिहरुले बताएका छन । तर कस्तो खालको क्रान्ति गर्ने भन्नेमा ब्यापक छलफल भएको सहभागिले बताए ।
पत्रकार सम्मेलनमा चन्दले आज बैद्यले राखेको बैठकमा सहभागी नहुने पनि स्पष्ट पारे । माओवादी आन्दोलनलाई टुटफुट पार्ने प्रयासहरुलाई असफल पार्दै अगाडी बढ्ने निष्कर्ष निकालिएको चन्दले बताए । मुलुकको निकासका लागि नयाँ सहमतिबाट अगाडी बढ्नुपर्नेमा उनले जोड पनि दिए ।

उनले आफ्‍नो पार्टी कार्यदिशामा स्‍पस्ट हुन नसकेको दाबी गरे। माओवादीलाई एक्लाएर सिध्‍याउने खेल भइरहेको भन्दै यसलाई आफूले सहेर चुपचाप बस्‍न नसक्‍ने बताए । मंसिरभित्रै विशेष महाधिवेशन गरेर कार्यदिशा तय गर्नुपर्ने पनि उनले माग गरे। कम्तिमा दुई महिना पर्ख र हेरको नीति लिने र त्यसपछि नयाँ पार्टी बनाएर अघि बढ्ने उनको संकेत थियो । बैद्यको नेतृत्वमा आजसम्म आएको पार्टी अभद्धm सशक्त हुनुपर्नेमा जोड दिएका उनले नया पार्टी खोल्ने वा पार्टी विभाजन हुने बारेमा ठोस कुरा भने राखेनन । नयाँ सहमति र राजनीतिक निकासका लागि संविधान सभा विघटन गरी अधिकारसम्पन्न राष्टिय राजनीतिक सभा गठन गरिनुपर्ने निष्कर्ष भेलाले निकालेका चन्द बताए ।


  •  
  •  
  •