विप्लवको गोप्य भेलाबारे अझै पत्तो पाउन सकेनन प्रहरीले

227
  •  
  •  
  •  

चन्द्रकान्त खनाल

Mawost phoot
यसअघि लडाकुलाई तालिम दिएको फाइल फोटो

कपिलबस्तु , २७ कात्तिक ओएनएस करिब एक महिना अघि नै माओवादी सचिव नेत्रविक्रम चन्द समुहले कपिल्बस्तुको जंगलमा भेला गर्ने योजना बनाईसकेको छ । पार्टी स्रोतका अनुसार एक हप्ता अघिबाट तयारी पनि सुरु भयो । निर्धारित कार्यक्रम अनुसार बुधवारबाट गोप्य रुपमा भेला सुरु भएको छ । तर, प्रहरीले अझैसम्म भेला भएको स्थानबारे पत्तो पाउन सकेको छैन । पार्टी नेतृत्वको निर्देशन विपरित नेकपा माओवादीका सचिव चन्दको नेतृत्वमा कपिलवस्तुको शिवगढी गाविस वडा नं. ९ विजगौरीमा दुई दिने राष्ट्यि भेला शुरु भएको छ । भेला अति गोप्य स्थानमा गोप्य ढंगबाट शूरु गरिएको छ ।

भेला स्थल वरपर कार्यकर्ताहरुको कडा सुरक्षा रहेको छ । भेला शुरु गरिएको स्थान विजगौरीबाट करीब १५ किलोमीटरको दुरीमा जंगलको विचमा छ । सो स्थानमा सुरक्षाकर्मी र पत्रकारहरुको पहुंच पुग्न सकेको छैन । भेलाबाट चन्द पक्षले पार्टीको आगामी कार्यदिशा तय गर्ने बताईएको छ । भेलामा ४१ जिल्लाका पार्टी प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको छ ।

भेलाको बारेमा सूचना पाए पनि भेला र भेला भएको स्थान बारे प्रहरीले कुनै जानकारी पाउन सकेको छैन । प्रहरीलाई सो स्थान तर्फ खटाईएको भए पनि कार्यक्रम बारे थाहा हुन नसकेको प्रहरी उपरीक्षक विक्रम गुरुंगले बताए । ‘वडा प्रहरी कार्यालयबाट दिनभर जसो प्रहरी परिचालन गरिएको थियो’ प्रहरी उपरीक्षक गुरुंगले भने, ‘जंगलको बिच स्थानमा कार्यक्रम गरिएको हुंदा सो स्थानको पहिचान हुन सकेको छैन । आजसम्म केही कुरा बाहिर आउछ ।’ भेला शुरु भए संगै चन्द्रौटा बजार र शिवपुर वरपर चहलपहल बढेको छ ।

भेलामा पार्टी केन्द्रिय नेताहरु खड्क बहादुर बि.क., उमा भूजेल, सन्तोष बुढामगर, भेषराज भूषाल, चन्द्र बहादुर चन्द अन्य केन्द्रिय नेता तथा विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ । भेलाबाट पार्टी नेतृत्वलाई जन विद्रोहमा आउन आह्वान गर्ने अनुमान गरिएको छ । दुई दिनसम्म चल्ने भेलासंगै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी औपचारिक रुपमै विभाजित हुने सम्भावना बढेर गएकोे छ । विगत केही दिन अगाडी काठमाडौमा पदाधिकारी र पोलिटब्यूरो बैठक बहिस्कार गरेका नेत्रविक्रम चन्द विप्लव’ले राष्टिय भेला बोलाएपछि पार्टी विभाजन को संघारमा पुग्ने अड्कल हुन थालेको हो ।


  •  
  •  
  •