चन्द माओवादीको चन्दा ‘आतंक’

224
  •  
  •  
  •  

काठमाडौं २४ माघ (ओएनएस) :

नेकपा माओवादीबाट अलग भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले चन्दा उठाउने अभियान सुरु गरेको छ । व्यक्तिगतभन्दा सस्थागत रुपमा चन्दाका लागि अभियान चलाएको छ ।

चन्दा उठाउन स्थानिय स्तरमा कार्यकर्ताका समुह विभाजन गरिएको एक नेताले बताए । उनका अनुसार गाविसहरुमा समेत चन्दा उठान थालिएको छ । काभ्रेमा पनि गाविस सचिवहरुलाई चन्दा दिन दबाद दिएको छ ।

सचिवहरुका अनुसार पार्टीको आधिकारिक पत्र र सहयोग रसिद बिना नै पार्टीका व्यक्ति आएर १० हजारसम्म चन्दा मागिरहेका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्र काभ्रेका अध्यक्ष एवं पात्लेखेत गाविस सचिव विश्वनाथ दाहालले चन्द माओवादीले चन्दा माग गरेको भएपनि दबाब भने नदिएको बताए । अधिकांश गाविस सचिवहरुले पार्टीको आधिकारीक पत्र नदिएसम्म चन्दा सहयोग गर्न नसक्ने बताएका छन् ।

हालै सकिएको राष्ट्रिय सम्मेलनमा भएको खर्च जुटाउन गाविस सचिवहरुसँग चन्दा माग गरिएको नेकपा माओवादी काभ्रेका इन्चार्ज चुडामणि गौतम ‘हेमक’ले बताए ।

१० हजारसम्म चन्दा दिने ब्यक्ति वा निकायलाई सहयोग रसिद दिइने रत्यो भन्दा तल सहयोग गर्नेलाई नदिने पार्टीले नीति तय गरेको छ । त्यो भन्दा तल चन्दा दिए धन्यवाद मात्रै दिइनेछ । चन्दा उठाउन थालेपनि त्रास सुरु भएको छ ।


  •  
  •  
  •