‘जनमुक्ति सेनाको ४ अर्ब खोई ’ भन्ने अधिकार जनतालाई छ : विप्लव

279
  •  
  •  
  •  

biplab new parrty1काठमाडौ, १५ मंसिर(ओएनएस) :  बैद्य नेतृत्वको नेकपा–माओवादीसँग सम्बन्धबिच्छेद गर्दै नेकपा माओवादी गठन गरेका नेत्रबिक्रम चन्द विप्लवले इतिहासले आवश्यक ठानेकोले नयाँ क्रान्तिको लागि आफुहरु बलिदान दिन तयार भएको बताएका छन् ।

सोमबार राजधानीको राष्ट्रिय नाचघरमा पत्रकारसम्मेलन गर्दै प्रचन्ड र बैद्यले युद्धकालको एजेण्डा छोडेकोले नयाँ क्रान्ति गर्न आफुहरु बाध्य भएको बताए । ‘ क्रान्तिको नेतृत्व प्रचण्ड, बैद्यले गर्नु पथ्र्याे तर दुखका साथ भन्नुपर्छ उहाँहरुले जनयुद्धको एजेण्डा छोड्नुभयो । ’ उनले भने ‘ हामी रहरले होइन बाध्यताले नयाँ क्रान्तिमा होमिएका छौ । केहिले मर्ने बाटोमा लाग्यो भनेको पनि सुनियो तर भौतीक जीवन अजम्बरी हुँदैन । किन बाँच्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । ’

पत्रकार सम्मेलनमा जनचाहाना पूरा गर्न नसकेको जावाफ प्रचण्डले दिनुपर्ने विप्लवले बताए । उनले भने ‘ जनयुद्धमा १० हजार जनताले बलिदान दिएका छन्, तर उनीहरुको चाहाना पूरा भएको छैन, किन पुरा भएको छैन प्रचन्डले जवाफ दिनुपर्छ । ’

उनले अघि थपे ‘शहिदको सपनालाई लत्याएर एक्लै हिड्ने अधिकार कोहिसँग पनि छैन । ’ उनले राष्ट्रिय स्वाधिनता र जनताको अधिकारको रक्षाको लागि बलिदान दिन नयाँ पार्टी गठन गरेको उल्लेख गर्दै प्रचन्ड लगायतका माओवादी नेताहरु निजी स्वार्थमा फसेको आरोप लगाए । ‘काँग्रेस र एमालेले माओवादी नेतृत्वलाई करोडौ रुपैयाँमा किनेका छन् । ’ उनले भने । तत्कालिन जनमुक्ती सेनाको तलव घोटलाको प्रशंग उल्लेख गर्दै विप्लवले अघि भने ‘ जनमुक्ती सेनाको ४ अर्ब रुपैया खोइ भन्ने अधिकार जनतालाई छ । ’

सुरु गरिने भनिएको क्रान्तिमा राज्यले देखाउने व्यवहार हेरेर त्यसको प्रतिवाद हुने विप्लवले बताए । ‘ कसैले हाम्रो आन्दोलनलाई बन्दुकले दबाउन खोज्छ भने हामी पनि बन्दुकले नै जावाफ दिनेछौ । त्यसको लागि सेना लागायतका समानान्तर सत्ता गठन गर्न तयार छौं । ’

उनले अहिलेको मुख्य शत्रु काँग्रेस भएको पनि बताए । काँग्रेसले उल्टो दिशामा राजनीतिलाई फर्काउन खोजेकोले आफुहरु आन्दोलन गर्न बाध्य भएको पनि विप्लवको भनाई थियो ।उनले १२ बुँदे सहमति दिल्लीमा नभई रोल्पा भएको उल्लेख गर्दै शान्ति सम्झौताको पूर्ण पलाना नभएकोमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

पत्रकारसम्मेलनमा संबिधानसभाको विघटन गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन गर्नु पर्ने पनि माग गरेको थियो । माओवादीले केन्द्रीय महाधिवेशन पुष २३, २४, २५ र २६ मा गर्ने र नयाँ क्रान्तिको घोषना गर्ने जनाईवको छ।

 

biplab new parrty


  •  
  •  
  •