दोस्रो डोज खोप लगाएपछि संक्रमित बनेका डा.विपिन नेपालकाे अनुभव

187
  •  
  •  
  •  

माघतिर मैले पहिलो डोज लगाएको थिए । तीन महिनापछि दोस्रो भ्याक्सिन लगाए ।

दोस्रो भ्याक्सिन लगाएको दोस्रो दिनमा मलाई कोरोना संक्रमण देखियो । दोस्रो भ्याक्सिन लगाएको दुईदेखि ३ हप्तापछि मात्र राम्रो एन्टिवडिहरु बन्छ । हुन त पहिलेको भ्याक्सिनले नै एन्टिवडि बनिसक्नुपर्ने हो । तर जतिरुपमा गर्नुपर्ने हो त्यो गरेन । म २०/३० प्रतिशतमा परे । म मा  रुघा, खोकी ज्वरो छ । स्वाद पनि गायव भएको छ ।
ज्वरो विस्तारै कम हुँदैछ ।

कोरोना भाइरसको दोस्रो डोज लगाएपछि कोरोना लाग्दैन भन्ने भ्रम छ । तर त्यस्तो हुँदैन ।
यसले कोरोना खोप लाग्न नदिने भन्दा पनि लागिसकेपछि त्यसबाट जुध्न सहज बनाउनु हो ।यसले कसैलाई कोरोना लागि सकेको छ भने सेभियर हुनलाई बचाउनु हो । दुई पटक खोप लगाइ सकेकालाई पनि कोरोना लाग्न सक्छ । यो कुरा खोपकै निर्माणकर्ता कम्पनीहरुले पनि भनेको छ ।

अर्को पहिलो खोप लगाएर दोस्रो खोप लगाएपछि ६० देखि ७० प्रतिशत यसले  बचाउँछ भनेको छ । अहिले नयाँ–नयाँ भेरियन्टहरु आइरहेको छ । यूकेको भेरियन्ट हुन सक्छ । इन्डियाको डवल न्युट्रियन, त्रिपल न्युट्रियन भेरियन्ट हुन सक्छ ।
अहिले बनेको भ्याक्सिन छ । अगाडीको शुरुमा देखिएको कोभिड १९ को आधारमा बनाइएको हो ।
त्यसको विरुद्धमा यो अहिलेको भ्याक्सिन बनेको हो । नयाँ न्यूट्रेनका लागि यसले काम गर्न पनि सक्छ, नगर्न पनि सक्छ । भ्याक्सिनले सबैचिज गर्छ भन्ने होइन् । यो ६० देखि ७० प्रतिशत मात्र सुरक्षा कवज हो । लाग्नै नदिने यसको सानो पाटो हो । अर्को मेन पाटो भनेको लागेकोलाई गम्भीर हुन नदिने हो ।

‘दोस्रो लहर धेरै गाह्रो छ’

दोस्रो लहर धेरै गाह्रो छ । यो दोस्रो लहरमा धेरै संक्रमितको दर बढ्न सक्ने देखिएको छ । यसले एकजनाबाट अर्कोमा संक्रमित हुने दर बढि देखिएको छ । यसमा हामि एकदम सावधानी अपनाउनुपर्ने देखिन्छ ।

गर्नुपर्ने त्यहि हो । जुन हामीले एक डेढ वर्षदेखि गर्दै आएका छौं । सुन्दै आएका छौं । सरकारले भन्दै आएको छ । सामाजिक दुरी कायम गर्नुपुर्यो । माक्स लगाउनुपर्यो ।

बीचमा सरकारले काम गर्न सकेन

यो एक वर्षको बीचमा सरकारले धेरै काम गर्न सक्थ्यो । आइसियु वेड थप्न सक्थ्यो । अक्सिजनको पूर्ति गर्न सक्थ्यो । हामिले केहि गर्न सकेनौँ । पहिलाको मै अल्मलिएर बस्यौं ।
लकडाउनले केहि सुधार होला भन्ने आस गरौँ । तर यस्तो खालको लकडाउनले सुधार हुन सक्दैन । पुराका पुरा कमसेकम तीन हप्ता बन्द गरेर कतैबाट आउजाउ नगरी रोक्नुपर्ने देखिन्छ । तीन हप्तामा जो जहाँ छ त्यहि बस्नुपर्यो । तब मात्र हस्पिहटलमा जानेलाई हस्पिटलले थेग्न सक्छ ।
सरकारले अक्सिजनको जोहो गर्नुपर्छ ।  जनताले गर्नुपर्ने भनेको बाहिर ननिस्किनु हो । लकडाउनलाई पालना गर्नुपर्यो ।

(रक्तसञ्चार विज्ञ डा. नेपालसँग ओएनएस न्यूज डटकमले गरेको कुराकानीका आधारमा )


  •  
  •  
  •