सिन्धुपाल्चोक जुरेलाई आपतकालीन क्षेत्र घोषणा

409
  •  
  •  
  •  

काठमाडौं १७ साउन (ओएनएस) : सरकारले सिन्धुपाल्चोक घटनालाई आपकालीन क्षेत्र घोषणा गरि राज्यको सवै सयन्त्र परिचालन गर्ने निणर्य गरेको छ । बिहान गृहमन्त्रालयमा बसेको सुरक्षा बैठकले सुरक्षा नियकायका सबै अंगलाई परिचालन गर्ने निणर्य गरेको छ । दैवी प्रकोप उद्धार समितिको बैठकले बाँचेका नागरिकको उद्धार र थप क्षति हुन नदिन चारवटा निणर्य गरेको गृहमन्त्री वामदेव गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकले नदीको वाध फुटाउन विस्फोटन सहितका सबै विकल्प अपनाउने, घाइतेलाई उपचारका लागि काठमाडौं ल्याउने, सुरक्षा नियकायका सबै अंगलाई परिचालन गर्ने, प्रभावितिलाई सुरक्षित ठाउँमा सारेर खाना बस्नको सबै व्यवस्था मिलाउने निणर्य गरेको छ । सरकारको निणर्य अनुसार नेपाली सेनाका दुईवटा हेलिकोप्टर परिचालन भइसकेका छन् । पहिरोमा परि अहिले सम्म ७ जनाको मृत्यु भएको छ भजे दर्जनौ बस्ति जोखिममा परेका छन् । गृहमन्त्रालयमा कन्ट्रोल स्थापना गरि २४ घण्टा अलर्ट रहने पनि निणर्य गरिएको छ।


  •  
  •  
  •