विपाशा र हरमनले भने ‘हामी छुट्टियौं’

234
  •  
  •  
  •  

विगत दुई बर्षदेखि प्रेम सम्वन्धमा रहेका बलिउड नायिका विपासु बासु र हरमन बावेजा अन्तत  छुट्टिएका छन् ।

केही समयदेखि दुई जनाको सम्वन्धमा दरार आएको कुराहरु सुनिन आएको थियो । हरमन कोही विदेशी मोडल ओलेगासँग अफयरमा छन् भन्ने कुरा चर्चा थियो ।

यी सूचनाहरु सत्य नभएको भन्दै विपासा र हरमनले सामुहिक प्रेस विज्ञप्ति जारी गरेका छन् ।
के छ विज्ञप्तिमा ‘हामी विचमा मतभेद छ ।

प्रेम सम्वन्धलाई यहीँ टुंगयाएका छौ, तर हरमन बावेजा को ओलगा र विपाशा बसुको करणवीर सिंह बोहराका साथ अफेयर चलेको भन्ने हल्ला झुट हो । अव हामी प्रेमप्रमिका त रहदैनौ, तर एक अर्काको सम्मान गछौं ।

हामी आफ्ना बारेमा नचाइदा हल्ला फैंलाएको मन पराउदैनौ । साथै मिडियासँग हामीसँग नसोधि केही नलेख्न आग्रह गछौं ।’
हरमनसँग प्रेममा रहनुभन्दा पहिला विपाशा जोन अव्राहमसँग प्रेममा थिइन ।


  •  
  •  
  •