विपन्न तथा एकल महिलालाई कृषि सामग्री

391
  •  
  •  
  •  

रसुवा । महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजना तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत एकल महिलालाई कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

रसुवाको नौकुण्ड गाउँपालिका वडा नं ५ सरमथलीका ३० जना अति विपन्न तथा एकल महिलाहरुलाई नौकुण्ड गाउँपालिकाका उपप्रमुख सिर्जना लामा, सोही वडाका वडाध्यक्ष शुक्रमान पाख्रिन लगायत सहजिकरण समितिका सदस्यको उपस्थितिमा १७ हजार रुपैयाँ बराबरको वितरण हस्तान्तरण गरिएको हो ।

महिलालाई सामग्री वितरण गर्नुअघि जेष्ठ १० गते देखि १४ गते सम्म तरकारी खेति तथा वितरण गरिएको सामग्रीको उपयोगिताका बारेमा तालिम समेत सञ्चालन गरिएको थियो ।

वितरण गरिएको सामग्रीहरुमा टनेल प्लाष्टिक, पाइप, हजारी, प्रिङ कल, थोपा सिचाईं, पम्प, टनेल फित्ता, कैची, प्राङ्गारिक मल, सुतली डोरी, सेतो प्लाष्टिक, ड्रम, कोको फिट, नर्सरी ट्रे का साथै ७ प्रकारका बिउबिजन वितरण गरिएको थियो ।

पहिला तालिम र यस पश्चात वितरण गरिएको सामग्रीबाट तरकारी खेती गर्न सहज वातावरणको सिर्जना हुने हुँदा महिलाहरुको जिविकोपार्जनमा उल्लेख्य सुधार हुने अपेक्षा राखिएको उपप्रमुख लामाले बताइन् ।

यसअघि विभिन्न संघसंस्थाले तालिम दिएतापनि सामग्री वितरण नहुँदा तालिममा सिकेको कुराहरुको सहि सदुपयोग नभएको स्थानीय बुधमाया थिङले बताइन् ।


  •  
  •  
  •