बाढीपहिरो प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग

132
  •  
  •  
  •  

काठमाडौं । विपक्षी गठबन्धनले बाढी, पहिरोबाट पीडित जनताको उद्धार तथा राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

नेताहरुले बाढी–पहिरोबाट प्रभावितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । ‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं ।’


  •  
  •  
  •