विप्लव समूहका मकवानपुर इञ्चार्ज पक्राउ

522
  •  
  •  
  •  

हेटौंडा, २९ चैत(ओएनएस) : विप्लव समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्राउ गरेको हो । सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन । यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेको थियो ।
उनीहरुलाई हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।


  •  
  •  
  •