विप्लव समुहका इन्चार्ज मगरले गरे आत्मसमर्पण

596
  •  
  •  
  •  

रामेछाप, २० चैत(ओएनएस) : रामेछापको सुनापति गाउँपालिकाका विप्लव समुहका इन्चार्ज लोकबहादुर राना मगरले आज आत्मसमर्पण गरेका छन् ।

खाडादेवी गाउँपालिका–१ राकाथुमका ५६ वर्षीय मगरले विप्लब समुहले राज्य बिरुद्ध गरेको गतिबिधि सन्तोष जनक नभएकोले भन्दै बुधबार जिल्ला प्रशासनमा आएर आत्मसमर्पण गरेका हुन् ।

उनले आफु यस अघि पनि कुनै अराजक क्रियाकलापमा संलग्न नरहेको र आगामी दिनमा पनि नलाग्ने भन्दै सार्वजनिक विज्ञप्ति जारी गरी आत्मसमर्पण गरेको बताएका छन् ।


  •  
  •  
  •