विप्लव समूहका भेरी–कर्णाली इन्चार्ज पक्राउ

386
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बुद्धिजीवी परिषद् भेरी–कर्णाली इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।


परिषद्का भेरी–कर्णाली इन्चार्ज धनराज शाहीलाई पक्राउ गरिएको कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिएका छन् ।

उनलाई कालिकोटकै मोल्पाबाट पक्राउ गरिएको हो । उनी विप्लव समूहको कालिकोटका जनसरकार प्रमुख समेत रहेको बताइएको छ । प्रहरीले शाहीको साथबाट केही विस्फोटक पदार्थसमेत बरामद गरेको छ ।


  •  
  •  
  •