विप्लव समूहका हेमन्तसहित ९ जनाविरुद्ध मुद्दा दर्ता

96
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता हेमन्तप्रकाश ओलीसहित ९ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको छ ।

विप्लव समूहका स्थायी समिति सदस्य तथा मध्य क्षेत्रीय कमान्ड इन्चार्ज समेत रहेका ओलीसहित ९ जनाविरुद्ध प्रहरी विभिन्न किसिमका ४ वटा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको हो ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं जिल्ला अदालतमा ललितपुरमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राज्य विरुद्धको अपराध र संगठित अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अहिले कर्तव्य ज्यानमा भने उनीहरुविरुद्ध मुद्दा दर्ता भएको छैन । अनुसन्धानको क्रममा कर्तत्वय ज्यानमा समेत संलग्न देखिए त्यसतर्फ पनि मुद्दा दर्ता हुनसक्ने भएकाले अहिलेनै कर्तत्वय ज्यानमा मुद्दा दर्ता नभएको प्रहरीले बताएको छ ।
सुदर्शनसहित ९ जनालाई काभ्रेको खानीखोलाबाट शुक्रबार राति महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सुदर्शनसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् ।


  •  
  •  
  •