विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय

आपराधिक संगठन ठहर
315
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन(ओएनएस) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

फाइल तस्बिर

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई आपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

विप्लव समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले बताएको छ ।


  •  
  •  
  •