बायोनिक मुटुको भेँडामा सफल प्रत्यारोपण, ५ वर्षपछि मानिसमा

125
  •  
  •  
  •  

bionic heartकाठमाडौ, २ चैत(एजेन्सी) : भेँडामा बायोनिक मुटुको सफल प्रत्यारोपण गरिएको छ । उक्त बायोनिक मुटुमा धड्कन भने छैन्, तर मुटुले गर्ने अन्य सबै काम गर्न सक्छ । विश्वको यो पहिलो बायोनिक मुटु हो । यसलाई मानिसमा परिक्षण गर्नका लागि तीनदेखी पाँच वर्ष लाग्ने बताइएको छ । त्यसपछि प्रत्यारोपणका लागि करिब १ वर्ष सम्म तयारी गर्नुपर्ने हुन्छ ।

अष्ट्रेलियाली वैज्ञानिकहरूले यसको विकास गरेका हुन् । तर, कृतिम मुटुको सफल प्रत्यारोपण भेँडामा भने गरिसकिएको छ । ब्रिस्बेनका इन्जिनियर डा. डेनियल टिम्सले यसमा सन् २००१ देखि काम सुरू गरेका थिए । चिकित्सक टिम्सले प्रत्यारोपणका लागि यस्तो भेँडा छानिएको थियो, जसको छाती महिला या बच्चाको जत्रो थियो । प्रत्यारोपण जनवरीमा गरिएको थियो र भेँडा अहिलेसम्म स्वस्थ रहेको छ ।

bionic heart1उक्त बायोनिक मुटुले प्रत्यारोपण गरेको १० वर्षसम्म काम गर्छ । यसले पम्प गर्दैन । यसमा पहिले बनाइएको कृतिम मुटुको जस्तै थैलीको प्रयोग गरिएको छैन्, जसले पहिलेका कृतिम मुटु जस्तो फुट्ने समस्या पनि हुँदैन । यसमा एक डिस्क प्रयोग गरिएको छ, जसले प्रति मिनेट २ हजार चक्कर लगाउँछ । सोही डिस्कको मद्धतले यसले काम गर्छ। यसलाई बाईवेकर भनिन्छ । मुटु प्रत्यारोपणको खर्च घटेर आधा हुने अनुमान गरिएको छ ।

बायोनिक मुटुका विशेषताः
तयार गर्न १४ वर्ष लाग्यो, यसका लागि सन् २००१ देखि नै काम सुरू भएको थियो ।

– ५० वर्षभन्दा कम उमेरका मानिसका लागि उपयोगी हुन सक्छ ।

– यसको आकार निकै सानो भएका कारण बच्चामा पनि यसको प्रयोग गर्न सकिन्छ ।

– यसको प्रयोग पछि एथलेटिक एक्सरसाइज पनि गर्न सकिन्छ ।

– आजकल कृतिम मुटु प्रयोग गरिँदैन । पेसमेकर, लुप वा भल्भ नै प्रयोग गरिन्छ । या कुनै अन्य मानिसको मुटु प्रत्यारोपण गरिन्छ । यसको सक्सेस रेट निकै कम छ ।


  •  
  •  
  •