मेरो बिदाई खेल विशेष होस् : दास

220
  •  
  •  
  •  

काठमाडौं २५ चैत । फिलिप ह्युजको सम्झनामा हुन लागेको श्रद्धाञ्जलि खेलका लागि मंगलबार आयोजित टोली घोषणा कार्यक्रममा बोल्ने क्रममा विनोद दास निकै अन्योलमा देखिन्थे।

उनी उक्त खेल आफ्नो अन्तिम हुने र हुन सक्ने दुवै एकसाथ संकेत गर्दै थिए। सँगै उनी सबैलाई आग्रह पनि गर्दै थिए, मेरो अन्तिम खेललाई व्यापक र स्मरणीय बनाई दिनुहोस्।

‘मैले आजसम्म जति सिके त्यो सबै क्रिकेट नै हो । हरेक खेलाडीका लागि अन्तिम खेल अर्थात विदाई खेल विषेश हुन्छ । यो खेलाडीका लागि विषेश इभेन्ट हो ।’

क्यानले संन्यासको अवसरमा दासको सम्मानका लागि बढीमा कार दिने वा कम्तीमा पाँच लाख रुपैयाँ दिने पूर्वतयारी गरेको थियो। प्रायोजक खोज्न क्यानले केही साताअघि एउटा समिति नै बनाएको थियो।

तर स्रोतका अनुसार क्यानको यो समिति प्रायोजक खोज्ने विषयमा गम्भीर छैन। खेल हुने दिन अब चार दिनमात्र बाँकी छँदा प्रायोजक खोज्ने जिम्मा पाएको समितिले निर्धारित समयमा प्रायोजक भेट्टाउने सम्भावना कम नै देखिन्छ। स्रोतका अनुसार क्यान बोर्ड पदाधिकारीभित्रै ‘दासलाई मात्र किन सम्मान गर्ने?’ विवाद पनि छ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •