अर्बपती चौधरीको सम्पत्ती बढ्यो, फोब्सको सूचीमा १५९ स्थान माथि उक्लिए

180
  •  
  •  
  •  

२७ माघ (एजेन्सी) :  विश्वका अर्बपतिहरुको सूचीमा रहेका नेपालका विनोद चौधरीको सम्पत्ती बढेको छ । अमेरिकी पत्रिका ‘फोब्र्स’ ले प्रकासन गरेको सन् २०१५ को विश्वका अर्बपतिको सुचीमा समावेश चौधरीको सम्पती अघिल्लो वर्षको भन्दा २० करोड अमेरिकी डलर बढेको छ ।

लगातार तेस्रो पटक फोब्सको सूचीमा परेका नेपाली अर्बपती चौधरीको सम्पत्ती १ अर्ब ३० करोड भएको जनाइएको छ । अघिल्लो वर्ष उनको सम्पत्ती १ अर्ब २० करोड डलर थियो ।

सम्पत्ती बढेपछि उनी विश्वको अर्बपतीको सुचीमा १३०६ औं स्थानमा परेका छन् । अघिल्लो वर्ष भन्दा १५९ औं माथि उक्लिएका ५९ वर्षिया चौधरी सन् २०१४ मा १४६५ औ स्थानमा थिए ।

फोब्सको सुचिमा चौधरीको सम्पत्तीको स्रोत विविध भएको उल्लेख गरिएको छ । चौधरी ग्रुप (सिजी) का मालिक विनोदले सम्पत्ती विदेशबाट जोडेको फोब्सले लेखेको छ ।

चौधरी ग्रुपको सबैभन्दा चर्चित र सफल उत्पादन ‘वाइवाइ’ चाउचाउ हो । यस्तै नबिल बैंक पनि चौधरी ग्रुपको हो भने बिभिन्न तारे होटलमा पनि चौधरी ग्रुपको लगानी छ ।

फोब्सको विश्वकै धनि व्यक्तिमा यो साल पनि माइक्रोसफ्टका मालिक बिल गेट्स छन् । गेट्सको सम्पत्ती ७८.८ अर्ब डलर रहेको फोब्स्ले जनाएको छ ।


  •  
  •  
  •