सोमबारको विदेशी मुद्राको विनिमयदर

81
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १ सय १० रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ४६ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५६ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा छ । रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा छ ।

कोरियन वनको भाउ केही पैसा बढेको छ । वन एक सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको छ ।

कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ घटेको छ । कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २५ पैसा तोकिएको छ ।
बहाइन दिनार १ को खरिददर २९४ रुपैयाँ ०२ पैसा र बिक्रीदर २९५ रुपैयाँ ६१ पैसा छ ।


  •  
  •  
  •