सोमबारको विदेशी मुद्राको विनिमयदर

225
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ७९ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा छ । सोमबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा छ ।

यस्तै कोरियन वनको भाउ भने सोमबार केही पैसा बढेको छ । एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको थियो ।

कुवेती दिनारको भाउ पनि आज बढेको छ । १ को खरिददर ३ सय ६५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ सय ६७ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

आइतबार खरिददर ३ सय ६५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३ सय ६७ रुपैयाँ २४ पैसा थियो ।
बहराइन दिनार १ को खरिददर २ सय ९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर २ सय ९६ रुपैयाँ ५२ पैसा छ ।


  •  
  •  
  •