विदेशी मुद्राको विनिमयदर

350
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख(ओएनएस) : नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १ सय १० रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ २८ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७८ पैसा र बिक्रीदर २६ रुपैयाँ ९३ पैसा छ ।

यस्तै आइतबार कुवेती दिनारको १ को खरिददर ३ सय ६३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २ सय ९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २ सय ९५ रुपैयाँ १२ पैसा छ ।
यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ ।

 


  •  
  •  
  •