विदेशी मुद्राको विनिमयदर

49
  •  
  •  
  •  

काठमाडौं, २ वैशाख (ओएनएस) : नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर १ सय १० रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ९५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा छ ।

यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८२ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा छ । यस्तै सोमबार कुवेती दिनारको भाउ केही बढेको छ । कुवेती दिनारको १ को खरिददर ३ सय ६३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३ सय ६५ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

आइतबार खरिददर ३ सय ६२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३ सय ६४ रुपैयाँ ७२ पैसा तोकिएको थियो । बहराइन दिनार १ को खरिददर २ सय ९२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २ सय ९४ रुपैयाँ २५ पैसा छ ।
यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।

 


  •  
  •  
  •