सोमबारको विदेशी मुद्राको विनिमयदर

454
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर १ सय १० रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ०६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा छ ।

सोमबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा छ । यस्तै सोमबार कुवेती दिनारको भाउ केही पैसा बढेको छ भने बहराइन दिनारको भाउ केही पैसाले घटेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३ सय ६४ रुपैयाँ ९१ पैसा तोकिएको छ । हिजो खरिददर ३ सय ६२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३ सय ६४ रुपैयाँ ५५ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २ सय ९२ रुपैयाँ ९२ र पैसा बिक्रीदर २ सय ९४ रुपैयाँ ५१ पैसा छ । हिजो दिनार १ को खरिददर २ सय ९३ रुपैयाँ र बिक्रीदर २ सय ९४ रुपैयाँ ५९ पैसा थियो ।  यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ ।

 


  •  
  •  
  •