विदेशी मुद्राको विनिमयदर

52
  •  
  •  
  •  

काठमाडौं, २८ माघ(ओएनएस) : आज अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटबढ भएको छैन । आइतबारकै मूल्यमा साट्न सकिन्छ । कुवेती दिनारको भाउ भने सोमबार केही पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३९ पैसा तोकेको छ ।


साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
सोमबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९६पैसा र बिक्रीदर २८ रुपैयाँ ११ पैसा तोकिएको छ ।

सोमबार कुवेती दिनारको भाउ केही पैसाले बढेको छ भने बहराइन दिनारको भाउ केही घटेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ७७ पैसा रहेको छ । आइतबार खरिददर ३ सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ६५ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ७८ पैसा तथा बिक्रीदर ३ सय ३ रुपैयाँ ३८ पैसा तोकिएको छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ८२ पैसा तथा बिक्रीदर ३ सय ३ रुपैयाँ ४२ पैसा रहेको थियो ।
कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा छ ।


  •  
  •  
  •