यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमयदर

58
  •  
  •  
  •  

काठमाडौं, २३ माघ(ओएनएस) : नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर १ को खरिददर १ सय १४ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ८० पैसा तोकेको छ । मंगलबार डलरको खरिददर १ सय १४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १९ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा थियो ।

यस्तै बुधबार कतारी रियाल १ को ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा तोकिएको छ । मंगलबार यसको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा थियो ।

यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा पुगेको छ । मंगलबार खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा तोकिएको छ । मंगलबार रिंगिटको खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ ३३ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

मंगलबार कुवेती दिनार १ खरिददर ३ सय ७७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३ सय ७९ रुपैयाँ ९७ पैसा तथा बहराइन दिनार १ को खरिददर ३ सय ३ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३ सय ५ रुपैयाँ ५४ पैसा थियो ।

त्यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रीदर १० रुपैयाँ २६ पैसा छ । मंगलबार एक सयको खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा थियो ।


  •  
  •  
  •