बीना बनिन् प्रदेश नं ७ की एक्ली महिला सांसद

210
  •  
  •  
  •  

कञ्चनपुर, २७ मंसिर (ओएनएस) : कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचित विना मगर एक्ली महिला सांसद बनेकी छिन् । वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र की विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने निर्वाचित एक्ली महिला भएकी हुन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित हुँदा बीनामात्रै विजयी भएकी हुन् ।

दशवर्षे युद्धका क्रममा २७ महिने नारकीय हिरासत जीवन बिताएकी मगरले निर्वाचनकै प्रचारप्रसारका क्रममा श्रीमान गुमाएकी थिइन । उनले ३८ हजार ४६८ मत ल्याइन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याए ।


  •  
  •  
  •