काठमाडौंमा आजदेखि ‘बिमस्टेक’ मन्त्रीस्तरीय बैठक

229
  •  
  •  
  •  

bimstec
काठमाडौं, २६ साउन (ओएनएस) : राजधानी काठमाडौंमा आज देखि बिमस्टेक मन्त्रीस्तरीय बैठक सुरु हुँदैछ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक) को १५ औं मन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरु हुन लागेको हो ।

नेपाल, भारत, बाङ्लादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्ड सदस्य रहेको बिमस्टेकको १५ औं मन्त्रीस्तरीय सम्मेलनको बिहीवार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

त्यसअघि मन्त्रीस्तरीय बैठकको एजेन्डा तय गर्नका लागि वैदेशिक मामिला तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८औं बैठक (एसओएम) बसिरहेको छ ।

बैठकले बिम्स्टेकको १४औं बैठकले  पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनलगायत १४ विषयमा छलफल गरी एजेन्डा तयार पार्ने छ ।

बिमस्टेकको १५औं मन्त्रीस्तरीय बैठकले मुख्यगरी यातायात सञ्जाल, जलवायु परिवर्तन र पारस्परिक सहयोगलगायतका १४ विषयमा ठोस निर्णय गर्ने सम्भावना छ । दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिमकको अध्यक्षता दुई वर्षदेखि नेपालले गदै आएको छ ।


  •  
  •  
  •