अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएपछि उडान अवरुद्ध, अवतरणका लागि आउने विमान भारत र बंगलादेशतिर डाइभर्ट

सयौं यात्रु अलपत्र
491
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख (ओएनएस): त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेशियन विमान बिहीबार राति दुर्घटनामा परेपछि अान्तरिक तथा बाह्य उडान र अवतरण प्रभावित भएकाे छ। उडान प्रभावित भएपछि विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन्।

मलेसियाको राजधानी क्वालालाम्पुरका लागि उड्न लागेको विमान अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट चिप्लिएर गएराति करिब १० बजेतिर दुर्घटनामा परेको विमानस्थलकाे प्रशासनले जनाएकाे छ।

तालिका अनुसार उक्त विमानको उडान समय राति ९:४५ बजेको थियो।

मलिन्दाे ओडी १८१ नम्बरको उक्त विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेकाे थियाे।

घाँसे मैदानमा विमान एक्कासी पुगेपछि जमिनमा भासिएकाे छ। विमान भासिएको ठाउँबाट ननिकालेसम्म अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएको विमानस्थल प्रशासनले जनाएको छ।

अवतरणका लागि आएका अन्तरराष्ट्रिय विमानहरु भारत र बंगलादेशतिर डाइभर्ट गरिएकाे छ।

विमानमा जम्मा १३९ यात्रु थिए। चालक दलका सदस्य र सबै यात्रुहरुको सकुशल उद्धार गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।


  •  
  •  
  •