विमान दुर्घटना : ८ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्य बढ्न सक्ने,घटनास्थलमा पुगे प्रधानमन्त्री ओली

281
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बाङ्ला एयरलाइन्सको विमानबाट उद्धार गरिएका घाइतेहरुलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचारको लागि लगिएको छ।

उपचारको लागि काठमाडौं मेडिकल कलेज(केएमसी) अस्पतालमा उपचारको लागि नेपाली र बंगलादेशी गरी २५ यात्रु मध्ये ८ वटा शव रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। केएमसीमा उपचाररत १७ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

घाइते यात्रुहरुको नर्भिक अस्पताल थापाथली, केएमसी सिनामंगल लगायतका अस्पतालमा लगेर उपचार भइरहेको छ।

यस्तै, नर्भिक अस्पतालमा चार जना घाइतेको उपचार भइरहेको छ। अस्पतालका अनुसार तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।

दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थलमा पुगेका छन्। त्यस्तै, सम्बन्धित निकायका विभागीय प्रमुख पनि विमानसथल पुगेका छन्।

ढाकाबाट ६७ यात्रु बोकेको युएस बाङ्ला एयरलाइन्सको फ्लाइट नम्बर यु बिजी २११ को विमान काठमाडौंमा अवतरणका क्रममा अपराह्न २ बजेर २० मिनेटमा दुर्घटना भएको थियो। विमानमा चालक दलका चार सदस्य थिए।

विमानस्थलका उद्धार तथा अग्नि नियन्त्रकहरुद्वारा अग्नि नियन्त्रण गरिएको थियो। विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकाय उद्दारका लागि सक्रिय भएका थिए।

दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि अस्पताल पुर्यारइएको छ भने केहीको विमानभित्रै मृत्यु भइसकेको प्रहरीले जनाएकाे छ।


  •  
  •  
  •