भारतीय वायु सेनाको विमान बेपत्ता

377
  •  
  •  
  •  

एजेन्सी । असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायु सेनाको विमान बेपत्ता भएको छ ।

समाचार संस्था एएनआईका अनुसार एएन–३२ विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँचजना गरी १३ जना सवार रहेका थिए ।

सोमबार मध्यान्ह करिब १२ः२५ उडेको विमान अन्तिम पटक दिउँसो १ बजेसम्म सम्पर्कमा रहेको थियो ।
विमानको खोजीकार्य तिव्र पारिएको जनाइएको छ ।


  •  
  •  
  •