इथियोपियन विमान दुर्घटना : अन्तिम संस्कारका लागि एक किलो माटो र खरानी दिइने

358
  •  
  •  
  •  

एजेन्सी : इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका १ सय ५७ जनाका परिवारलाई अन्तिम संस्कारका लागि दुर्घटना स्थलको एक किलो माटो र खरानी दिने प्रस्ताव गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सो एयरलाइन्सले जलेर बाँकी रहेका मृतकका शरीरका भागको पहिचान गर्न समय लाग्ने भन्दै अन्तिम संस्कारका लागि दुर्घटनास्थलको माटो र खरानी दिने प्रस्ताव गरिएको हो ।

मृतकका शरीरका अंगको पहिचान गर्न कम्तिमा ६ महिनासम्म लाग्ने एयरलाइन्सले जनाएको छ । दुर्घटनाको कारणबारे एयरलाइन्सले अनुसन्धान गरिरहेको बताइएको छ ।

केन्याको नैरोबीका लागि एडिस अबाबाबाट उडेको बोइङ ७३७ म्याक्स एच विमान केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा ३५ देशका नागरिकको ज्यान गएको थियो । ज्यान गुमाउनेमा विश्व खाद्य कार्यक्रममा कार्यरत एक नेपाली महिला समेत रहेकी छन् ।


  •  
  •  
  •