इथियोपियामा विमान दुर्घटनापछि चीनले बोइंग ७३७ म्याक्स ८ को उडान बन्द गर्ने

349
  •  
  •  
  •  

एजेन्सी : इथियोपियामा विमान दुर्घटनापछि चीनले बोइंग ७३७ म्याक्स ८ को व्यवसायिक उडान बन्द गर्ने घोषणा गरेको छ ।

राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको इथियोपिया बोइंग ७३७ म्याक्स ८ विमान आइतबार दुर्घटना भएको थियो ।

दुर्घटनापछि चीनको उड्डयन सम्बन्धी निकायले विमानसँग सम्बन्धित सबै कुरा पुष्टि भएपछिमात्र फेरि व्यवसायिक उडान शुरु गर्ने बताएको छ ।

चीनको आलाबा इथियोपियाले पनि बोइंग ७३७ म्याक्स ८ विमानको उडान बन्द गरेको छ ।
विमान दुर्घटनामा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० भन्दा बढी देशका १ सय ५७ जनाको ज्यान गएको छ ।

इथियोपिया एयरलाइन्सको यो दोस्रो दुर्घटना हो । यो विमान उडान भरेको केही मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।

गएको अक्टोबर महिनामा बोइंग ७ सय ३७ म्याक्स ८ को विमान जावा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । जसमा सवार १ सय ८९ जनाको ज्यान गएको थियो ।


  •  
  •  
  •