इटालीमा विमान भवनमा ठाेक्किदा ८ जनाको मृत्यु

73
  •  
  •  
  •  


एजेन्सी । इटालीको मिलानमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इटालीको उत्तरी शहर मिलानमा रहेको खाली कार्यालय भवनमा विमान ठोक्किएको हो । दुर्घटनामा विमानमा रहेका सबै ८ जनाको ज्यान गएको इटालीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्याण्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । विमानका पाइलट रोमानियाका अर्बपति ६८ वर्षका ड्यान पिट्रेस्कु थिए । दुर्घटनामा उनीसहित उनर्की श्रीमती र छोराको पनि ज्यान गएको इटालियन सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


  •  
  •  
  •