चीनमा रहेका नेपालीको उद्धारका लागि विमान शनिबार दिउँसो २ः४५ बजे जाने

88
  •  
  •  
  •  

काठमाडौं । नयाँ कोरनाभाइरस संक्रमित क्षेत्र हुबेई प्रान्तमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको विमान शनिबार दिउँसो २ः४५ मा चीन जाने भएको छ ।

शनिबार विमानमा चालक दलका सदस्य र चार स्वास्थ्यकर्मीसहित १९ जना चीन जानेछन् । हुबेई प्रान्तको वुहानबाट नेपालीहरुलाई लिएर सो वाइडबडी विमान आइतबार बिहान २ बजे काठमाडौं विमानस्थल अवतरण हुने निगमले जनाएको छ ।

काठमाडौंबाट वुहानको हवाई दूरी करिब तीन हजार किलोमिटर छ । त्यहाँ पुग्न करिब चार घण्टा लाग्नेछ ।
हुवेईमा रहेका १ सय ८७ जना नेपालीहरुले उद्धारका लागि आग्रह गरेका छन् । जसमध्ये धेरैजसो विद्यार्थी रहेका छन् ।

बेइजिङस्थित दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई विमानस्थलसम्म ल्याउन मोटरको व्यवस्था भइसकेको बताएको छ ।
कोरोना भाइरसका कारण संक्रमितको संख्या ५० हजार पुगेको छ भने १ हजार ३ सयको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ९९ प्रतिशत चीनका छन् ।


  •  
  •  
  •