‘सात जिल्लाका विवादले संविधान बनेन’

140
  •  
  •  
  •  

bimalendra nidhiकाठमाडौं, १३ फागुन (ओएनएस) : भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले संघीयतामा जाँदा पुर्वका पाँच र पश्चिमका दुई गरी सात जिल्लाका विवादले संविधान नबनेको बताएका छन् । ९४औं महेन्द्रनारयण निधि जयन्तीका सन्दर्भमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘संघीयतामा जाने सहमति त भयो, तर पुर्वका पाँच र पश्चिमका दुई गरी सात जिल्लाको विवादलले संविधान बनेन’ कार्यक्रममा बोल्दै निधिले भने, ‘यो विवाद अब वार्ताबाट समाधान हुन्छ र संविधानपनि बन्छ ।’ उनले अहिले परिवर्तनको प्रक्रियासँगै राजनीतिमा लोकतान्त्रीकरणको प्रक्रिया पनि अघि बढेको भन्दै यसले एकीकृत नेकपा माओवादीलाई पनि लोकतान्त्रिक बनाउने दाबी गरे ।

संघीयताका विषयमा यसका पक्षधरहरुबीच पनि केही मतभेद रहेको भन्दै संघीयताको बुझाई स्पष्ट नहुँदासम यो समस्या रहने बताए । ‘संघीयताले देश टुक्रने होईन, देशलाई जोड्ने काम गर्छ’ उनले भने ‘रुस संघीयताका कारण टुक्रियएको होइन, कम्युनिष्ट व्यवस्थाका कारण टुंक्रिएको हो ।’ उनले प्रदेश हुँदैमा संघीयता नहुने भन्दै चिनमा प्रदेश भएपनि संघीयता नभएको बताए ।

निधिले संघीयताको विवाद निर्वाचन क्षेत्रसँग जोडेर समाधान गरे चाँडै सुल्झने बताए । उनले भने, ‘हामीले एक सय ७५ निर्वाचन क्षेत्र बनाउने सहमति गरिसकेका छौं, त्यसलाई सात–आठ भागमा विभाजन गर्नेगरी र सबै प्रदेशमा करिव–करिव बराबर निर्वाचन क्षेत्र रहनेगरी संघीयतामा गए सबै विवाद एक साथ टुंगिन्छ ।’

कार्यक्रममा राजनीतिक विश्लेषक प्राध्याक पुरुषोत्तम दाहालले परिवर्तन ठुलो कुरा भएको तर गुणात्मक विकास र व्यवस्थापन महत्वपूर्ण भएको बताए । नेपालमा धेरैपटक परिवर्तन भएर पनि त्यसको गुणात्मक विकास र व्यवस्थापन नभएका कारण संस्थागन हुन नसकेको बताए ।

काठमाडौंका नेता काठमाडौं केन्द्रीत र मधेसका नेता मधेस केन्द्रीत हुँदा क्षेत्रीयता र जातीयताको मुद्दा चर्किएको भन्दै संस्कृति आदान–प्रदानबाट यसको व्यवस्थापन हुन सक्ने बताए ।

‘महेन्द्रनारायण नीधिका नाममा पहाड–हिमाल, गणेशमानका नाममा मधेस–तराईमा तथा वीपीका नाममा देशभर कार्यक्रम गरे यस्ता समस्या समाधान हुन्छन् ।’ कांग्रेसमा संस्थापक नेताहरुले जस्तो सबैलाई समान देख्ने नेता नहुँदा र राजनीतिक व्यवस्थापनको कुसलता प्रदशन नहुँदा देशको समस्या समाधान हुन नसकेको उनले बताए ।


  •  
  •  
  •