कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा

46
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

बिहीबार एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन्। निधिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु। परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेकोसमेत स्पष्ट गर्न चाहन्छु।’
निधिले कांग्रेसको महाधिवेशनबाट सभापति जितेपछिका आफ्ना योजना र प्रतिवद्धता सार्वजनिक गरेका छन्।

हेर्नुहोस् पूर्णपाठ


  •  
  •  
  •