गृहमन्त्री शर्माको निर्देशनमा कुवेतबाट बिमलाको उद्दार

259
  •  
  •  
  •  

Bimala Neupane 4
काठमाडौं, २४ साउन (ओएनएस) : गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कुवेतबाट पाँचथरकी बिमला न्यौपानेको उद्दार गरेका छन् ।

शर्मा गृहमन्त्री भएसँगै स्थापना गरिएको गुनासो व्यवस्थापन कक्षमा उजुरी परेपछि मन्त्री शर्माको निर्देशनमा बिमलाको उद्दार गरिएको थियो । करिब एक साता अघि उद्दार गरी नेपाल ल्याइएकी बिमला आफ्नो श्रीमान नविन शर्मासँग गृहमन्त्री शर्मालाई भेटन् मन्त्रालय आएकी थिइन् ।

२०७३ चैत्रमा जोर्डन जानका लागि अन्तरवार्ता दिन काठमाडौं आएकी न्यौपानेलाई दलालले दिल्ली हुँदै कुवेत पु¥याएका थिए । आफूलाई सशस्त्र प्रहरीको पूर्व कर्मचारी बताउने भक्तबहादुर बिष्ट मार्फत कुवेत पुगेकी न्यौपानेले त्यहाँ दुःख पाएपछि उनका श्रीमान नविन शर्मा गृहमन्त्रालयको गुनासो कक्षमा पुगेका थिए ।

बिमलाकाअनुसार भक्तबहादुर सहितको गिरोहले उनलाई दिल्लीमा केही दिन राखेर कुवेत पु¥याएका थिए । ‘त्यहाँ मलाई एउटा घरमा राखियो, घर मालिकले मलाई १२ सयमा किनेको भन्दै उनीहरुले भने अनुसारका काम गर्न बाध्य बनाए’ बिमलाले भनिन, ‘त्यहाँ मलाई खान समेत नदिइकन कुटपिट गरियो ।’

बिमलाका अनुसार भक्तवहादुरको समूहले कुवेतमा कार्यालय नै खोलेको छ । एउटा घरमा दुई महिना काम गरेपछि भागेर एजेन्टको कार्यालयमा जाँदा आफूलाई अपशब्द बोलेर त्यहाँका कर्मचारीले गाली गर्दै फेरी अर्काे घरमा काम गर्न पठाएको उनले पीडाकासाथ बताइन् ।

गृहमन्त्री शर्माले अबैधानिक बाटोबाट बिमलालाई कुवेत लैजाने दलालको खोजी गरिने र कारबाहीको दायरामा ल्याउने बताएका छन् ।


  •  
  •  
  •