विमलको टोली विजयी

385
  •  
  •  
  •  

काठमाडौं २५ साउन (ओएनएस) : नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरसम्मिलित रोयल स्पोर्टिङ क्लब एन्डरलेकले शनिबार कोपा डेल अगाथ कपमा एट्लेटिको पारानाइन्सेलाई २–० ले हराएको छ। शनिबारै अर्को खेलमा भने एन्डरलेक पराजित भयो। रेडबुल ब्रासिलले एन्डरलेकलाई १–० ले हरायो।

नेदरल्यान्ड्समा जारी युथ लेभल इन्टर क्लब प्रतियोगितामा एन्डरलेकले पहिलो जित पाउँदा विमलले पूरा अवधि खेलेेको गोलनेपालले जनाएको छ। एन्डरलेक टोली शुक्रबार नेदरल्यान्ड्स गएको थियो।
विमल एएफसी यु–१६ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली टोलीका कप्तानसमेत हुन्। यु–१६ टोली एकहप्ते प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि बेल्जियममै छ। एन्डरलेकले रेडबुल ब्रासिल, एफसी कोपेनहेगन, फेयरनुड रोटरडाम र सिरिजो ओस्कासँग प्रतिस्पर्धा गर्नेछ। साउन १० मा विमल एन्डरलेकको प्रशिक्षणमा सहभागी हुन बेल्जियम गएका थिए।


  •  
  •  
  •