वैदेशिक रोजगार व्यवसायी संघमा ढकाल विजयी

154
  •  
  •  
  •  

Bimal dhakalकाठमाडौं, १८ असार (ओएनएस) : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विमल ढकाल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी सरोजकुमार पोखरेललाई २४ मतले पराजित गर्दै ढकाल विजयी भएका हुन् ।

बिहिबार राति भएको मतगणना ढकालले २३७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सरोजकुमार पोखरेलले २१३ मत प्राप्त गर्नुभयो । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमतर्फबाट ढकालले उम्मेदवारी दिएका हुन् ।

यसैगरी, संघको प्रथम उपाध्यक्षमा कुमुद खनाल, द्वितीय उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, तृतीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, महासचिवमा रोहण गुरुङ, सचिवमा राजेन्द्र भण्डारी र कोषाध्यक्षमा प्रतिमा महर्जन निर्वाचित भएका छ्न ।

अध्यक्ष, प्रथम उपाध्यक्ष र कोषाध्यक्षमा लोकतान्त्रिक समूह विजयी भएको हो भने बाँकी पदाधिकारीमा प्रगतिशील समूह निर्वाचित भएका छन् ।manpower


  •  
  •  
  •