विमल घर्ती मच्छिन्द्रमा अनुबन्धित

352
  •  
  •  
  •  


काठमाडौं । नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडी विमल घर्तीमगर साविक च्याम्पियन मच्छिन्द्र क्लबमा अनुबन्धित भएका छन्। उनीसँग मच्छिन्द्रले आइतबार सम्झौता गरेको हो।

विमल र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले आइतबार सम्झौतामा हस्ताक्षर गरे। विमल एक सिजनका लागि आबद्ध भएका हुन्।

मच्छिन्द्रमा यो सिजनका लागि सुनील बल, विशाल राई, सुजल श्रेष्ठ र विशाल श्रेष्ठ आबद्ध भइसकेका छन्।

सिजनको सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट सुरू हुँदैछ। गत सिजन घाइते भएका विमलको गत फागुनमा शल्यक्रिया गरिएको थियो। उनको घुँडाको शल्यक्रिया कतारको राजधानी दोहामा गरिएको थियो।


  •  
  •  
  •