विश्वको धनी व्यक्ति बने बिल गेट्स

504
  •  
  •  
  •  

bill-gatesकाठमाडौँ, १३ माघ(एजेन्सी) : सूचना प्रविधीको क्षेत्रका ममहान् हस्ती तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स ८७.४ अर्ब डलर अर्थात् ९.५ लाख करोड रूपैँयाको सम्पत्तिसहित पुनः विश्वका सबैभन्दा धनी मानिस बनेका छन् ।

धनी मानिसको सम्पत्तिको बारेमा बताउँदै आएको वेल्थ-एक्स कम्पनीले एक पटक पुनः सूची जारी गरेर धनी व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । उक्त सूचीमा इन्टिटेक्स फेशन ग्रुप अमाचियो ओर्टेगाका प्रमुख ७.२ लाख करोड रूपैयाँका साथ दोस्रो स्थानमा रहेका छन् । यस्तै, ब्रेकशिरे हथवेका वारेन बफेट ६.५६ लाख करोड रूपैयाँको साथ तेस्रो स्थानमा रहेका छन् ।

साथै, ६ लाख करोड रूपैयाँको साथमा अमेजनका जेफ बेजोन चौथो स्थानमा, ५.१२ लाख करोडको साथमा कोच इन्डस्ट्रिजका डेविड कोचल पाँचौ स्थानमा, कोच इन्डस्ट्रिजका चार्ल्स कोच छैठौँ स्थानमा, ओरेकल कर्पोरेसनका लेरी एलिसन सातौँ स्थानमा, फेसबुकका मालिक मार्क जुकरबर्ग आठौँ स्थानमा, ब्लुमबर्ग ग्रुपका माइकल ब्लुमबर्ग नवौँ स्थानममा र रिटेल कम्पनी आईकेईएका इनग्वार कम्पर्ड दशौँ स्थानमा रहेका छन् ।


  •  
  •  
  •