काठमाडौं, ११ साउन (ओएनएस) : सरकारले चौतर्फी विरोधका बावजुद अदालतलेको अवहेलना सम्बन्धि विधेयक संसदमा टेबुल गर्दैछ । कानुनमन्त्री नरहरी आचार्यले आइतबार संसद बैठकमा सो विधेयक टेबुल गर्न लागेका हुन् ।
सो विधेयकले अभिव्यक्ति स्वतन्त्रामाथि अंकुश लगाउने भन्दै चौतर्फी विरोध भइरहेको छ । सरकारले संसदमा सो विधेयक दर्ता गराउनासाथ विरोध भएको थियो । तर, सरकारी पक्ष र अदालत पक्षले भने सो विधयेकले अभिव्यक्ति स्वतन्त्रामाथि अंकुश नलगाउने दाबी गर्दै आएका छन् । यसैबीच नेमकिपाका सांसद डील्ली काफ्लेले सो विधेयकको टेबुलका विरोधमा विरोधको सूचना दर्ता गराएका छन् ।