बन्द अपडेट : बिजुली बजारमा झडप, अश्रु ग्यास प्रहार

104
  •  
  •  
  •  

काठमाडौं, २४ चैत (ओएनएस) : ३० दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्दको क्रममा राजधानीको बिजुली बजारमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपको क्रममा केहि प्रदर्शनकारी भएको छ ।

प्रहरीले बन्दकर्तालाई पक्राउ गरेर लानेक्रममा झडप भएको थियो । बन्दकार्तालाई भ्यानमा हालेर लाने क्रममा बिजुली बजारमा प्रदर्शकारीले प्रहरीलाई रोकेका थिए ।

त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै बन्दकर्तालाई हटाउने क्रममा दुई जना बन्दकर्ता घाइते भएका हुन् ।


  •  
  •  
  •