काठमाडौ । काठमाडौंको केही ठाउँमा आज सात घण्टा बिजुली जाने भएको छ ।
चक्रपथ विस्तारको लागि रुख काट्नुपर्ने भएकाले महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरण हुने लाइन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यो लाइन बन्द हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा सात घण्टा वक्ति जानेछ ।
रुख कटानको काम सम्पन्न हुने बित्तिकै सेवा सुचारु गरिने प्राधिकरणले जनाएको छ ।