सभामुखको अभिव्यक्ति मर्यादा विपरित : बिजुक्छे

175
  •  
  •  
  •  

narayan-man-Bijukcheभक्तपुर, ६ चैत (ओएनएस)  : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा बिजुक्छेले सभामुख सुवास नेम्बाङ आफ्नो मर्यादाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपरले आज गरेको अन्र्तसंवाद कार्यक्रममा बोल्दै बिजुक्छंले संविधानसभाभित्र जसरी नियम संगतरुपमा मात्र अभिब्यक्ति दिनु पर्नेमा सार्वजनिक स्थानका कार्यक्रममा अभिव्यक्ति दिनु गलत भएको बताए । सभामुखले राजनीतिक दलहरुलाई यसो गर उसो गर भनेर आफ्नो मर्यादा भूल्दै गएको उनको टिप्पणी थियो ।

बिजुक्छेले स्थानीय निकायको निर्वाचन भारतकै आदेशमा हुन नसकेको भन्दै उनले स्थानीय निकायको निर्वाचन भए संघीयतालाई अफ्ठेरो पर्ने ठम्याईका साथ भारतले स्थानीय निकायको निर्वाचन गर्न नदिएको आरोप लगाए ।

उनले भने, ‘ एमाओवादी सहितको मोर्चाको अन्दोलन प्रजातन्त्रको सौन्दर्यता भएता पनि सरकारले जसरी गाँउ गाँउमा आफ्नो बिचार पुराउनु पर्ने हो त्यसो हुन नसक्दा समस्या बढ्दै गएको छ । अन्दोलनसँगै कोही पनि शशंकित हुन नपर्ने भन्दै उहाँले भन्नु भयो अन्दोलन गर्न पाउने सबैको अधिकार हो । ’


  •  
  •  
  •