काठमाडौं १ असोज (ओएनएस) : फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको दुई कल फोनले दुईपटक हुनै लागेको हस्ताक्षर रोकिएको छ । बिहीबार मध्य रातसम्म प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा राती ११ बजे र १ बजे दुई पटक हस्ताक्षरका लागि गच्छदार तयार भइसकेका थिए ।
तर, दुई पटक नै उनले गरेको गरेको टेलिफोनले वार्ता हस्ताक्षर रोकिएको वार्तामा सहभागि एक नेताले जानकारी दिए । अन्तिम समयमा आज शुक्रबार हस्ताक्षर गर्ने सहमति सहित सवा १ बजे् वार्ता टुङ्गीएको थियो । गच्छदारले पार्टी नेताहरुले फोन गरेर मात्रै हस्ताक्षर गर्ने बताएका थिए ।
प्रमुख दलका तीन नेताले तयार पारेको सहमतिको ड्राफ्ट शीर्ष नेता र गच्छदारसहितको टोली बसेर सहमति गरेको थियो । कार्यदलमा कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले उपाध्यक्ष भीम रावल, र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ थिए ।
स्रोतका अनुसार कार्यदलले तयार पारेको ड्राफ्ट अनुसार गच्छदारसँग भएको सहमतिमा समानुपातिक समावेशीलाई सामाजिक न्यायमा राख्ने, विवाद क्षेत्रको संघिय सीमांकनको जिम्मा आयोगलाई दिने, नवलपरासीदेखि बर्दियासम्म थारु विशेष क्षेत्र बनाउने प्रदेश बनाउने लगायतका बुदा रहेका छन् ।
पटक पटक नेताहरुले सहमतिको भाषा लेख्दै मेट्दै गरेका थिए । बैठक चलिरहेका बेला गच्छदार र एमाओवादी अध्यक्ष पुष्पकमल दाहामल प्रचण्डबीच गोप्य वार्ता समेत भएको थियो । शीर्ष नेतादलले अब बन्ने नयाँ सरकारका गच्छदारलाई सम्मानजनक हैसियत दिएर सहमतिमा ल्याउने विषयमा पनि छलफल चलाएका छन् ।
गच्छदारको पार्टीले हस्ताक्षर गर्ने
विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले संविधानसभाले पारित गरेको नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्ने तयारी गरेको छ। ।
प्रमुख तीनदलबीच लिखित सम्झौता भएपनि आजै हस्ताक्षर गर्ने उच्च स्रोतले ओएनएसलाई जानकारी दिएको छ । बालुवाटारमा प्रमुखदलसँग सम्झौतामा हस्ताक्षर गरेपछि गच्छदार १ बजे भारतीय दुतावासले आयोजना गरेको दिवा भोजमा सहभागि हुने लोकतान्त्रिकका एक नेताले बताए ।