गच्छदारको कार्यक्रम बिथोल्न खोज्दा……

105
  •  
  •  
  •  

काठमाडौं १६ पुस ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार सम्मिलित कार्यक्रम विथोल्न खोजेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच इनरुवामा झडप भएको छ । मोर्चाका ९ कार्यकर्ता घाईते भएका छन् भने एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

‘जनताको संविधान जनताकै माझमा’ कार्यक्रमलाई सम्बोधन गर्न इनरुवाको टेम्पोस्टेण्डमा रहेको चाँदनी प्राविमा पुगेका गच्छदारलाई कालो झण्डा देखाउने क्रममा झडप भएको थियो । लोकतान्त्रिक चोकमा भएको झडपमा मोर्चाका पर्शुराम यादव, हरिलाल यादव, सत्येन्द्रप्रसाद यादव, गुलाव शर्मा, धर्मवीर आर्य, सद्री महेता, रामभाग्य मेहता, लखन मेहता र कुसुमलाल यादव रहेका छन् । प्रहरीले कालो झण्डा देखाउने क्रममा चुनचुन यादवलाई पक्राउ गरेको छ ।

मोर्चाको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको मोर्चाका संयोजक एसएन मेहताले बताए । उनले बुधबार शान्तिपूर्ण लाठी जुलुस र कालो झण्डा प्रर्दशन गर्ने कार्यक्रम रहेको थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •